पूर्ण विवरण:
ध्यान कार्यशाला भनेको ध्यान गर्ने चाहना भएका तर कहाँबाट कसरी सुरु गर्ने भनेर नजान्नेका लागि एकदम उपयोगी कार्यक्रम हो।
यस कार्यशालामा गुरुज्यूले ध्यानको वैज्ञानिक पक्ष, मन र सासको सम्बन्ध, ध्यानको विधिहरू (जस्तै विपश्यना, मन्त्र ध्यान) सिकाउनुहुन्छ।
साधकहरूलाई लेखन अभ्यास, आत्म मूल्याङ्कन worksheet, र अभ्यास पुस्तिका पनि प्रदान गरिन्छ।
कार्यशालाको अन्त्यमा सहभागीहरूले एउटा व्यक्तिगत ध्यान दिनचर्या बनाएर घर लैजान सक्छन्।
उद्देश्य: ध्यान सिकाउने र जीवनमा लागू गर्ने अभ्यास विकास गर्नु।
लाभ: ध्यानको स्पष्ट समझ, दैनिक साधनाको शिलशिला सुरु गर्नु।
